Skin_Hospital_Dhn

नेप्से परिसूचकमा सामान्य गिरावट, कति भयो कारोबार ?

काठमाडौंः आज (बुधबार) पूँजीबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा अडिएको छ । ७१ कम्पनीको शेयरमूल्य बढ्दा १७० कम्पनीका शेयरधनीले चाहिँ गुमाएका छन्‌ । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।

कूल ५१ लाख १५ हजार ६८५ कित्ता शेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा कारोबार भएको छ । विशाल बजार, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई कम्पनीको शेयरमूल्यमा सर्किट लाग्दा प्रतिकित्ता क्रमशः ३६६, १७८५.५० र १४६७.७० रुपैयाँ बढेको छ ।

आज शेयरबजारमा साम्लिङ पावरका शेयरधनीले सर्वाधिक ६.६६ प्रतिशत गुमाएका छन्‌ । गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका शेयरधनीले पनि क्रमशः ५.९७ र ५.२३ प्रतिशत गुमाएका छन्‌ ।

सम्बन्धित
Loading...