Skin_Hospital_Dhn

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौंः ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको हो ।

पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकले गए राति करिब १ बजे हाल नामथर, वतन नखुलेका ५५/६० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट ती व्यक्ति गम्भीर घाइते भएका थिए । उनलाई उपचारका निम्ति भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो । राति नै १ः५० बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

सम्बन्धित
Loading...