Skin_Hospital_Dhn

अप्रिलमा युगान्डामा नेपालले टी–२० सिरिज खेल्ने

काठमाडौंः आउँदो अप्रिलमा युगान्डामा नेपालले टी–२० सिरिज खेल्ने भएको छ । विश्वकपको तयारीमा रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी–२० सिरिज खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछ । सिरिजको आयोजना युगान्डाले गर्नेछ । युगान्डा क्रिकेट संघका अध्यक्ष माइकल नुवागाबाले अप्रिलमा चार देशीय सिरिज आयोजना गर्ने घोषणा गरे ।

क्रिकेट संघको शनिवार भएको वार्षिक साधारण सभामा नुवागावाले टी–२० विश्वकपको तयारी स्वरूप आउँदो अप्रिलमा चार देश सम्मिलित विशेष शृङ्खला आयोजना गर्ने घोषणा गरेका हुन् ।

शृङ्खलामा युगान्डासहित नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी हुने संघका अध्यक्ष नुवागाबाले बताए ।

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले भने युगान्डामा हुने सिरिजबारे हालसम्म आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।

सम्बन्धित
Loading...