Skin_Hospital_Dhn

आजको मौसम: जलवाष्पयूक्त वायुको प्रभाव

काठमाडौं ।

आज मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको समेत नेपालको मौसम प्रणालीमा प्रभाव रहेको छ।

यतिबेला देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित
Loading...