
काठमाडौंः त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आज भएको खेलमा नेदरल्यान्ड्ससंग नामिबिया ५९ रनले पराजीत भएको छ । नेदरल्यान्डले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन मात्र बनायो ।
नामिबियाका लागि जेन ग्रीनले २० बलमा अविजित ४२ रन बनाए पनि हारलाई टार्न सकेनन् । जान फ्रिलिंकले ४२ रनको योगदान दिए ।


बलिङमा नेदरल्यान्डका टिम भान डर गुग्टेनले सर्वाधिक २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।
नेदरल्यान्डलाई विशाल स्कोरमा पुर्याउन माइकल लेभिटले ६२ बलमा १३५ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए । बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए ।
