Skin_Hospital_Dhn

पहिलो हाफ सकिँदा जोर्डनविरुद्ध नेपाललाई अग्रता

काठमाडौं: वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । बिहीबार जोर्डनविरुद्ध फाइनल खेलमा उत्रिएको नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो ।

नेपालका लागि सविता राना मगरले पहिलो हाफमा गोल गरेकी छिन् । उनले खेलको २९ औं मिनेटमा नेपाललाई अग्रता दिलाएकी हुन् ।

जोर्डनविरुद्ध फाइनलमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ । बललाई नियन्त्रणमा राख्दै नेपालले जोर्डनमाथि निरन्तर दबाब बनाएको छ ।

मुख्य फरवार्ड सावित्रा भण्डारी बिना मैदान उत्रिएको नेपालको पहिलो हाफमा खेललाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सफल भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारीको स्थानमा रश्मी कुमारी घिसिङलाई मौका दिएका छन् । फिफा विन्डो बाहिर फाइनल खेल पुगेपछि सावित्राले उपाधि भिडन्त गुमाउन पुगेकी थिईन् ।

सम्बन्धित
Loading...