
धनगढी ।
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका—३ स्थित भित्री सडक खण्डमा हिजो (बिहीबार) साँझ सुपप्र ०१.००९ प २३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रवीन्द्र पाण्डेले बताए ।

चन्दलाई अत्तरियाको पद्यमा अस्पतालमा उपचार सम्भव नभएपछी कोहलपुर रेफर गरेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका—३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था गम्भीर छ । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
