
काठमाडौंः नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजाबी सुन १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।
