Skin_Hospital_Dhn

अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन, यो हल्ला मात्र होः पुटिन

अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको र त्यस्ता आरोपलाई निराधार र नक्कली कथा मात्र भएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोप मात्र रहेको शुक्रवार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा बताएका हुन् ।

‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौँ’, राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ’, ‘यी पश्चिमाले चलाएको हल्लामात्र हो ।’

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेसन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपलाई निराधार र नक्कली कथा मात्र भएको बताएका थिए । रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्यांकले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको प्रचारपछि यस्तो पुटिनको प्रतिक्रिया आएको हो ।

सम्बन्धित
Loading...