
काठमाडौँः आज पनि सरकार र मिटरब्याज पीडितबिच वार्ता हुने भएको छ । यसअघि शुक्रबार पनि वार्ता भएको थीयो । त्यस दिन भएको वार्ता सकारात्मक भएको दाबी गरिएको थियो ।

आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले जानकारी दिए । आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास पनि गरिएको छ ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाइएको छ ।
