काठमाडौँ ।
नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल शैक्षिक दलाल भएको आरोप लगाउदै पुत्ला दहन गरेको छ ।
विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गर्दै राजीनामा मागेका हुन्।
एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले विरोध गरेको हो।
गरीब विद्यार्थीको खिलाफमा निजीलाई पोस्ने मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप विद्यार्थीहरूले लगाएका छन्।