
काठमाडौँ ।
हिजो (बिहीबार) बाटै सुरु भएको माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज पनि जारी छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल भइरहेको छ।

हिजो (बिहीबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टी एकताका बारे पनि प्रतिवेदन प्रस्तुत गर्ने माओवादीको तयारी छ । राष्ट्रपति निर्वाचनमा साझा उम्मेद्वार खोज्ने बारेमा हिजोको बैठकमा छलफल भएको थियो ।
