सुनचाँदीको मूल्य स्थिर
चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ
पछिल्लो तीन दिनदेखी सुनको मूल्य स्थिर रहेको र चाँदीको मूल्यमा केही उतार चढाव देखिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय र तेजावी सुनको मूल्य ९७ हजार तीन सय रुपैयाँ रहेको छ । यो मूल्य बिहीबारदेखि नै निरन्तर भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेपनि शुक्रबार र आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।