
काठमाडौंः त्रिवि शिक्षण अस्पतालबाट युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए । आफूहरूसहित शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरि महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
उता पक्राउ परेका गौतमले शालिनको न्यायको लागि आवाज उठाउँदा धरपकड भएको दाबी गरेका छन् । आफूहरूलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै रिहाइका लागि पहल गरिदिन पनि गौतमले अनुरोध गरेका छन् ।
गत शनिबार एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको उल्लेख गरिएको छ ।
