Skin_Hospital_Dhn

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहानै बालुवाटार पुगे सभापति देउवा

काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । उनी बिहानै बालुवाटार पुगेका हुन् ।

आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएपछि देउवा प्रधानमन्त्रीसँँग आवश्यक छलफलका लागि बालुवाटार पुगेको जनाइएको छ ।

गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनिसकेको छ ।

सम्बन्धित
Loading...