Skin_Hospital_Dhn

सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित
Loading...