Skin_Hospital_Dhn

आफू रहुन्जेलसम्म देशमा उथलपुथल भइराख्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू रहुन्जेलसम्म देशमा उथलपुथल भइराख्ने दाबी गरेका छन् । शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

आज मात्रै गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताए । प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ । म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’

उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि बताए । प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।

सम्बन्धित
Loading...