
मोरङः सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङको धनपालथान गाउँपालिका ३ स्थित बोर्डर आउट पोस्ट सोराभागका इन्चार्जसमेत रहेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।

कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेको बताइएको छ ।
