
काठमाडौंः नेकपा एकीकृत समाजवादीले ठोस प्रस्ताव आए सरकारमा जाने बताएको छ ।समाजवादीलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएपछि समाजवादीले मन्त्रीको संख्या र ठोस प्रस्ताव आए सरकारमा जाने निर्णय गरेको हो ।

तर गठबन्धनको दल एमालेका अध्यक्ष केपी ओलीसँग भने सहमति भइसकेको छैन । यसैले प्रधानमन्त्रीले निर्णय गरिसकेका छैनन् ।

पछिल्लो घटनाबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक बसिरहेको भन्दै ती नेताले गठबन्धनबाट आएको प्रस्ताव अनुसार हुने समाजवादीले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले पनि कम्युनिस्ट दललाई सकेसम्म सरकारमा नछुटाउने नीति लिएका छन् ।
