
काठमाडौंः नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले सपथ लिएका हुन् ।

राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो तीन मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
