Skin_Hospital_Dhn

केपी शर्मा ओली र माधवकुमार नेपालबीच टेलिफोन सम्वाद

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ ।

अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै टेलिफोन सम्वाद गरेका हुन् ।

फोनमा ओलीले नेपालको स्वास्थ्य लाभको कामना गरे । नयाँ गठबन्धनअनुसार बनेको सरकारमा सामेल हुन पनि ओलीले आग्रह गरे ।

उनले नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए । नेपालले भने प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा आउन आग्रह गरेको स्मरण गर्दै पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएको उनले बताएका छन् ।

सम्बन्धित
Loading...