Skin_Hospital_Dhn

१५ वर्षीया किशोरीको हत्या प्रकरणमा प्रेमी पक्राउ

काठमाडौँः मोरङमा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पथरी शनिश्चरे नगरपालिका–७ का धिरेन खाँ चौधरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

गए राति धारिलो हतियार प्रयोग गरेर आरोपीले १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले बताए । पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भएकी ज्ञानुमती दुई वर्षदेखि दाइ नातापर्नेको घरमा बसेर पञ्चायत माविमा ७ कक्षामा पढ्दै आएकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...