
काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ । यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । पुरानो गठबन्धन भत्किएरपछि प्रधानमन्त्री प्रचण्ड विभिन्न साना पार्टीलाई नयाँ गठबन्धनमा सहभागी गराउन पहल गर्न लागीपरेका छन् ।
