
धनगढी । कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रहरीले आकस्मिक चेकजाँच गरेको छ । प्रदेश प्रहरी कार्यालयले सुरु गरेको विशेष सुरक्षा योजना अन्तरगत कैलाली र कञ्चनपुरका नकामा चेकजाँच गरिएको हो ।

सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि, चोरी पैठारी र लागूपदार्थ सेवनकर्ता लाई निरुत्साहित गरी कानुनी दायरामा ल्याएर ओसारपसार नियन्त्रण गर्ने नियन्त्रण गर्ने उद्देशका साथ आकस्मिक चेकजाँच सुरु गरिएको छ ।

तालीम प्राप्त कुकुर सहित वडा प्रहरी कार्यालय धनगढी , धनगढी ट्राफिक र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोली खटिएर चेकजाँच गरिरहेका छन् ।
लागूपदार्थ (ड्रग) सेवन गरे नगरेको पत्ता लाउन किटको प्रयोग गरेर २ जना लाई नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद प्रकाश जोशीले बताए । उनले भने ‘हामीले स्वीप अप्रेसन सञ्चालन गरेका छौ , जुन योजना अन्तरगत विशेष गरी अपराधीक गतिविधि, कुलतमा पर्ने युवाहरू र समाज विरुद्ध हुने अनैतिक क्रियाकलापहरूलाई रोक्न लागेका हौँ’ ।
यो संगै संयुक्त चेकजाँचमा ३४ वटा सवारी चालकलाई कारबाही गरी १७ हजार राजस्व सङ्कलन गरी १० वटा कागजपत्र नियन्त्रणमा लिइएको छ।त्यस्तै २ जनाको लापसे चेक गरी नियन्त्रणमा र एक जना फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीले माघ १० गतेबाट विशेष सुरक्षा योजना अन्तर्गत नाकाहरूमा आकस्मिक चेकजाँच सुरु गरेको हो ।
