Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Loading...