
काठमाडौंः नेपाली बजारमा लगातार सुनको मूल्य बढी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।


बुधबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला १४४० रुपैयाँमा कारोबार भएको थियो ।
