Skin_Hospital_Dhn

नवनियुक्त मन्त्रीहरुलाई कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।

बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ ।

यस्तै, २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको बताइएको छ ।

सम्बन्धित
Loading...