Skin_Hospital_Dhn

सरकारको प्रवक्ताको जिम्मेवारीमा मन्त्री शर्मा

काठमाडौँः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । आज बसेको पुनर्गठित मन्त्रिपरिषद पहिलो बैठकले मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी यसअघि पनि सरकारको प्रवक्ता थिइन् ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन (सीएसडब्ल्यू)को ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

सम्बन्धित
Loading...