Skin_Hospital_Dhn

प्रधानमन्त्री प्रचण्डको यहीँ चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिन्छः प्रमुख सचेतक लेखक

काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डको यहीँ चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले २०७९ पुस २ देखि अहिलेसम्म तीन पटक गठबन्धन फेरिएको भन्दै पाँच वर्षमा १३ पटक फेरिने बताए ।

उनले भने, “२०७९ पुस २ मा एउटा २ महिनापछि अर्को आज फेरी अर्को । यो ठिक बेठीकको आधार कुन हो ? पार्टीको नाम उहीँ पात्र पनि उहीँ हिजो कसरी बेठिक आज कसरी ठिक ?”

सम्बन्धित
Loading...