Skin_Hospital_Dhn

नाउपाको अध्यक्षमा रेशम अयोग्य रहेको निर्वाचन आयोगको ठहर

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै आयोगले चौधरीलाई अस्वीकार गरेको हो ।

आयोगका एक पदाधिकारीका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्षको मान्यता दिने आयोगको निर्णयमा उल्लेख छ । टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अद्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए ।

आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनी प्रश्न गरेको थियो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित
Loading...