Skin_Hospital_Dhn

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौंः नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा अहिले ९ बजे बैठक बस्न लागेको हो ।

बैठकमा माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल हुनेछ ।

त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ । यसबारे पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

एमालेको फागुन ८, ९ र १० गते सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो । केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि सचिवालयल बैठकमा छलफल हुने बताइएको छ ।

सम्बन्धित
Loading...