
भक्तपुरः श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । भक्तपुरमा हिजो (बिहीबार) साँझ मादक पदार्थ सेवन गरी घर आएका २५ वर्षीय श्रीमान् सन्तोष भुजेलले २१ वर्षीया श्रीमती पवित्रा राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।

सन्तोषलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको बताइएको छ ।
