Skin_Hospital_Dhn

आजको मौसमः सुदूरपश्चिमसहित तिन प्रदेशमा आंशिक बदली

काठमाडौं ।

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहे पनि जल तथा मौसम विज्ञान विभागले आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ । विहानीपख तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ ।

भोलि १५ गते आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोही राति प्रदेश १, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली कायमै रहने छ । उच्च पहाडी भू-भागमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

पर्सि १६ गते सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको केही भू-भागमा हल्का वर्षा हुनेछ । राति उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै, विभागका अनुसार तराईका केही स्थानमा विहानीको समयमा कुहिरो लागेर चिसो बढ्ने छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

सम्बन्धित
Loading...