Skin_Hospital_Dhn

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं: सुन र चाँदी दुवैको मूल्य शुक्रबार स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवैको मूल्यमा कुनै परिवर्तन भएको छैन। यसअघि सुन र चाँदीको मूल्यले लगातार तीन दिन कीर्तिमान बनाएको थियो।

शुक्रबार भने छापावाल सुन १ लाख २५ हजार, तेजाबी सुन १ लाख २४ हजार ४ सय र चाँदीको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित
Loading...