Skin_Hospital_Dhn

लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौंः लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । काठमाडौंबाट लुक्ला उडेको ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा बिहान सवा १० बजे चरा ठोक्किएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार हेलिकप्टर सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो । चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको बताइएको छ ।

सम्बन्धित
Loading...