म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश
काठमाडौं ।
म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको प्रिमियर लिगको पहिलो र दोस्रो स्थानमा रहेको टोलीबीचको खेलमा आर्सनललाई १—० ले पराजित गर्दै सिटीले दोस्रो स्थानको बाजी मार्यो ।
त्यसका लागि सिटीका नाथन एकेले निर्णायक गोल गरे । एकेले ६४औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका हुन् ।
प्रिमियर लिगमा सिटीभन्दा ५ अंक बढी जोडेर आर्सनल शीर्ष स्थानमा छ । आर्सनलको १९ खेलबाट ५० अंक छ भने सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । लिगमा अब यी दुई टोली फेब्रुअरी १५ मा भिड्नेछन् ।