काठमाण्डौं ।
नागरिक उन्मुक्ति पार्टीमा रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती नायिका तथा मोडेल एलिजा गौतम प्रवेश गर्ने भएकी छिन् । आज (शनिबार) रुपन्देहीको भैरहवामा एक कार्यक्रमबीच गौतमलाई पार्टी प्रवेश गराउन लागिएको लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले जानकारी दिए ।
गौतमलाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी श्रीमती रन्जीता श्रेष्ठ चौधरी भैरहवा आउने कार्यक्रम रहेको नेता चौधरीले बताए । ‘खासमा यो कार्यक्रम नेपालगञ्जमा गर्ने तयारी थियो, तर सहजताका लागि भैरहवामा गर्ने सहमति भयो’ उनले भने ।