एफए कपको पाँचौं चरणमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम

काठमाडौं ।
म्यानचेस्टर युनाइटेड र टोटेनह्याम एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छन्।

Kanun123

ओल्ड ट्राफोर्डमा भएको खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन् । गएराति भएको खेलमा युनाइटेडले रिडिङलाई ३–१ गोलले हराएको हो । युनाइटेडका कासमिरोले ५४ औँ मिनेटमा गोल गरे । त्यसको चार मिनेटपछि फ्रेडको पासमा उनले बक्सको छेवैबाट उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

६५ औँ मिनेटमा एन्डी एन्डी क्यारोले दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिएपछि रिडिङ थप कठिन अवस्थामा पुगेको थियो । ६६ औँ मिनेटमा बु्र्नो फर्नान्डेसले दिएको पासमा फ्रेडले गोल गर्दै टिमलाई ३–० को अग्रता बनाए। ७२ औँ मिनेटमा रिडिङका लागि वैकल्पिक अमाडुम बेंगेले सान्त्वना गोल फर्काए ।

यस्तै अर्को खेलमा प्रेस्टन नर्थ इन्डमाथि टोटेनह्यामले ३–० गोलको जित निकाल्यो ।​ डिपडेल स्टेडियममा भएको खेलमा पाहुना टोली टोटेनह्यामका लागि कोरियन खेलाडी सन हिउङ मिनले २ गोल गरे । खेलको ५० औँ मिनेटमा उनले पहिलो गोल गरे। खेलको ६९ औँ मिनेटमा इभान पेरिसिचको सहयोगमा सनले अग्रता दोब्बर बनाए । खेलको ८७औं मिनेटमा अर्नाउट डानजुमाले गोल गर्दै जित सुनिश्चत गरे।

Kailali_mahotsab
सम्बन्धित
Loading...