Skin_Hospital_Dhn

७० औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदै

काठमाडौं ।
आज ७० औँ विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ भन्ने नारासहित मनाइँदैछ । हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ।

आर्थिक वर्ष २०७८/७९ मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

विश्वमा रहेका कुष्ठ प्रभावितमध्ये १ प्रतिशत बढि कुष्ठरोगी नेपालमा रहेको तथ्यांक छ । प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ । १३ वर्ष पहिले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो ।

सम्बन्धित
Loading...