Skin_Hospital_Dhn

रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासनमा

काठमाडौं । पुर्व गृहमन्त्री रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासनमा पुगु्ेका छन् ।

रवि लामिछाने पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका हुन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका छन् ।

अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

सम्बन्धित
Loading...