जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति कैलालीबाट पक्राउ

कैलाली ।  जबरजस्ती करणी मुद्दामा फरार एक प्रतिवादी कैलालीबाट पक्राउ  परेका छन् ।

 

 

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा ५ रामपुर बस्ने वर्ष ५२ का सिता राम चौधरी आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

 

 

अहिले उनी जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
चौधरीलाई २०७४/२/०७ गते जिल्ला अदालतले ४ वर्ष ११ महिना २६ दिन  कैद सजाय सुनाएको थियो।
सम्बन्धित
Loading...