
धनगढी ।

हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने माहाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।
