अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै

काठमाडौं ।
अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् ।

Gaurishankar Dental

नेपाल भ्रमणमा रहेकी उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन । भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आएकी थिइन् । गत मंसिर ४ को आम निर्वाचनबाट प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित
Loading...