ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड बराबरीमा रोकियो

गएराति सम्पन्न स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो।

Kanun123

मड्रिडका लागि भिनिसियस जुनियरले तीनवटा राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेनन्। अर्कोतर्फ गोलकिपर एलेक्स रेमिरोले केही उत्कृष्ट बचाउ गरेका थिए।

घरेलु मैदानमा बराबरीमा रोकिँदा मड्रिडलाई शीर्षस्थानको होडमा धक्का पुगेको छ। शीर्षस्थानको बार्सिलोनाले १८ खेलबाट ४७ अंक जोड्दा दोस्रो स्थानको मड्रिडले समान खेलबाट ४२ अंक र तेस्रो स्थानको सोसिडाडले १९ खेलबाट ३९ अंक जोडेका छन् ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा रियल भालाडोलिडले भ्यालेन्सियालाई १—०, एट्लेटिको मड्रिडले ओसासुनालाई ०—१ र सेल्टाभिगोले एट्लेटिक बिल्बाओलाई १—० गोलअन्तरले हराएको थियो।

Kailali_mahotsab
सम्बन्धित
Loading...