Skin_Hospital_Dhn

मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमै भेटे

काठमाण्डौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटवार्ता गरेका छन् । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।

सम्बन्धित
Loading...