Skin_Hospital_Dhn

चक्र बमको ‘कति राम्रो होली फागुनमा’ सार्वजनिक [हेर्नुस् भिडिओ]

धनगढीः पछिल्लो समयका चर्चित गायक चक्र बमको ‘कति राम्रो होली फागुनमा’ बोलको गीत सार्वजनिक भएको छ। उनले सोमबार आफ्नै चक्र बम युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन्।

उक्त गीतमा चक्र बम र लक्ष्मी रानाको स्वर रहेको छ। आवाजमा पविन्द्र सुनार, जेपी रेग्मी, शेर विष्ट, कुलेन्द्र परियार र ह्यारी कार्कीले पनि साथ दिएका छन्। गीतलाई केशव बडूले एरेन्जर गरेका छन् भने पुस्कर खत्रीले मिक्सिङ तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडिओमा चक्र बमले नै मुख्य अभिनय गरेका छन्।

सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायको परम्परागत रूपमा मनाउने होलीको बर्णन पनि छ। देशको रोजगारीको अवस्थालाई पनि गीतमा समेटिएको छ। आगनमै रोजगारी आए हुन्थ्यो भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ। भिडिओमा पनि धेरै तयारी नगरी मौलिक बस्तु झल्किने गरी ठेट शैलीलाई प्रस्तुत गर्न खोजेको गायक बमले बताए।

‘म पहाड र तराइको संस्कृतिसँग उत्तिकै नजिक छु। मैले बाल्यकालमा सुनेका धेरै भाका धुन मध्य सुदूरपश्चिमको केही पहाडी जिल्ला र तराइको रानाथारु समुदायमा होरी विशेष गाइने यो एक मन परेको धुन हो। जसलाई लिएर धेरै पहिलेदेखि काम गर्ने इच्छा थियो त्यो यसपटक पूरा भएको छ,’ उनले भने, ‘यो दुइटा समुदायको फरक भाषा लवज र लोप हुँदै गइरहेको होरी खेल लयलाई हामीले एउटै बाजा तालमा बाध्ने प्रयास गरेका छौँ।’

बमको यस गीतलाई पनि निकै रुचाइएको छ। सार्वजनिक भएको १४ घन्टामै ६० हजारभन्दा बढी दर्शकले युट्युबमा हेरिसकेका छन्। यो समाचार तयार पार्दासम्म साढे १२ सय जतिले गीतमा प्रतिक्रिया पनि जनाइसकेका छन्। दर्शक÷श्रोताहरूले मौलिक होली गीत एकदमै उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।

हेर्नुस् भिडिओ :

सम्बन्धित
Loading...