Skin_Hospital_Dhn

यौन धन्दामा संलग्न भएको आरोपमा चार युवतीसहित १२ जना पक्राउ, यौन धन्दा अप्रेशनको तार्केट

धनगढी ।
कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता, भन्सार छलीको सामानको अवैध ओसारपसार र अवैध यौन धन्दालाई अप्रेशनको तार्केट बनाएका छन् ।

पछिल्लो समय सुदूरपस्चिमको सदरमुकाम धनगढी क्षेत्रबाट लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् भने भन्सार छलीको सामान ओसारपासरमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम जारी छ ।

माघको दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । धनगढी चौराहको बुढिनन्दासहितका विभिन्न चार वटा होटल सञ्चालकलाई यौन धन्दा गराएको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

ती होटलबाट चार युवती र उनीहरुसँग सहबास गर्न पुगेका चार जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनीहरु मध्ये चार जना अनुसन्धानपछि छुटेका छन् भने ८ जनामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जोशीले जानकारी दिए ।

धनगढीमा धेरै होटलमा प्रहरीकै मिलेमतोमा अवैध यौन व्यवसाय फस्टाएको आरोप लागेका बेला नयाँ प्रहरिले भने उनले त्यस्ता होटललाई टार्केट बनाएर अप्रेशन चलाइरहेका छन् ।

सम्बन्धित
Loading...