Skin_Hospital_Dhn

बास कैलालीद्वारा सहिद दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

धनगढी ।

 बास कैलाली शाखाले सहिद दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–६ बनबेहडामा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गौरीगंगा नगरपालिका उप—प्रमुख भोजबहादुर बमले शहिदले परिवर्तका लागि दिएको बलिदानको सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले बास नेपालले भ्रष्टाचार सुशासनको क्षेत्रमा काम गर्दै आएको एकमात्र अग्रणी संस्था भएको बताउदै निरन्तर खबरदारीमा लाग्न सबैलाई आग्रह समेत गरे । भने बास नेपालले धनगढी बाहिर आयोजना गरेको रक्तदान कार्यक्रमको प्रसंशा पनि गरेका छन् ।

यस्तै कार्यक्रममा उपस्थित गौरीगंगा नगरपालिका—६ का वडाध्यक्ष टेकबहादुर कुवरले सहिद दिवसको अवसर आयोजित विभिन्न कार्यक्रमहरुले सहिदको सम्मान हुने बताए । बास सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले वीर सहिदहरुको सम्मान स्वरुप रगतको अभावमा कसैको ज्यान जाने अवस्था नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।


कार्यक्रममा बास कैलाली शाखा अध्यक्ष चिरञ्जीवी छेडालले बास नेपालले सहिद दिवसको अवसरमा देशभरनै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले बास नेपाल भ्रष्टाचार विरुद्ध काम गर्ने संस्था भएको बताउदै निरन्तर सामाजिक क्षेत्रमा कामहरु गर्दै आइरहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल युवा परिषद् र ल्याण्डमार्क भिलेज रिसोर्टको सहकार्य सञ्चालन भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए भने ४० जनाभन्दा बढीको सहभागी रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम वीर सहिद दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको तस्बिर टीका लगाएर उद्घाटन गरिएको थियो भने कार्यक्रममा स्थानीय जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत युवाहरूको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित
Loading...