
काठमाडौं।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने छ । तराईको केही स्थानमा विहानीपख कुहिरो लाग्ने विभागको भनाइ छ ।
त्यस्तै भोलि बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । सो प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
तराईमा लाग्ने हुस्सुले जनजीवन प्रभावित हुने र हवाई उडान समेत प्रभावित हुनसक्ने विभागकाले जनाएको छ । केही दिन अझ चिसो कायमै रहने हुनाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
