Skin_Hospital_Dhn

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा

बुटबल ।
आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुन लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारलाई चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए । उनका अनुसार एमालेबाट कुमार दसौती, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य, नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय रहेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरेर तीन सय पाँच जना मतदाता छन् । जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्य छन् ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।

सम्बन्धित
Loading...